गण्डकी प्रदेशकाे मुख्यमन्त्री पदमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् ।
आईतबार मुख्यमन्त्रीमा दावी पेश गरेका अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा (२) बमाेजिम नियुक्त गरेका हुन् ।
एमालेका २२, सभामुखसहित माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जनाको समर्थनसहित अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत २१ मा राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ (२) अनुसार सात दिनभित्र चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्ने समय दिएका थिए । खगराजकाे याे दाेस्राे कार्यकाल हाे ।
Post Views: 80