गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गाेपनियताकाे शपथ लिएका छन् । मुख्यमन्त्री अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश प्रमुखकाे निवास सिमलचाैरस्थित शपथ खुवाएका हुन् ।
नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी आईतबार मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।
यस्तै, माओवादी केन्द्रबाट संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद दीपक मनाङे विनाविभागिय मन्त्री नियुक्त भएका छन् । उनीहरूले पनि आज नै शपथ लिएका छन् ।
Post Views: 57