इस्लाम धर्मावलम्बीले आज देशभर इद–उल फित्र (इद) मनाउँदै छन् । इस्लाम धर्मावलम्बीले इदलाई ठूलाे पर्वकाेरूपमा लिन्छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो इद ।
बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको बताइएकाे छ । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । जकात (दान) यही महिनामा दिइन्छ । मुस्लिमले यो महिनालाई पुण्य कमाउने महिनाकाे रूपमा लिन्छन् । इद–उल फित्रमा ‘सेवइ’ खाएर र सामूहिकरुपमा नमाज पढेर यो पर्व मनाइने हुसेन मियाँले जानकारी दिए ।
Post Views: 88