गण्डकीमा मन्त्रालय फुटाएर ९ पुर्‍याउने

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशमा मन्त्रालय फुटाएर सातबाट नाै वटा पुर्‍याउने भएकाे छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयसहित अहिले गण्डकीमा सात मन्त्रालय छन् । मुख्यमन्त्री कार्यालयसँगै रहेकाे आन्तरिक मामिला मन्त्रालय र सामाजिक विकाससँग रहेकाे स्वास्थ्य मन्त्रालय फुटाएर नाै वटा मन्त्रालय बनाउन संघिय सरकारसमक्ष सिफारिस गरिएकाे सरकारका प्रवक्ता हरिबहादुर चुमानले बताए ।

मंगलबार बसेकाे मन्त्रपरिषद्काे वैठकले मन्त्रालय थप्ने निर्णय गरेकाे उनले बताएका छन् । सरकारमा भाग लिने दललाई भागवण्डा मिलाउनकाे लागि मन्त्रालय टुक्राउन लागिएकाे हाे ।

मुख्यमन्त्री खगराज अधिकारीले यसअघि मुख्यमन्त्री हुँदा ५ मन्त्रालय घटाएर १२ बाट ७ मा झारेका थिए । स्वतन्त्र सांसद र माओवादी केन्द्रकाे समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी चैत २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए । सभामुखकाे समर्थन रहेपछि उनकाे नियुक्ति विवादित बनेकाे छ । काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार असंवैधानिकरूपमा मुख्यमन्त्री नियुक्ति गरिएकाे भन्दै मुख्यमन्त्री अधिकारीकाे नियुक्ति बदर माग गर्दै सर्वाेच्चमा रिट दायर गरेका थिए । उनले आफूलाई नै मुख्यमन्त्री निरन्तरता दिन माग गरेका छन् । बुधबार सर्वाेच्चले आगामी वैशाख १० गतेकाे लागि पेश्की लाेकेकाे छ भने अधिकारी नेतृत्वकाे सरकारलाई बकाकचलाउकाे रूपमा रहन आदेश दिएकाे छ ।
यस्तै, मन्त्रिपरिषद्ले मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *