निक्षेपको ब्याजदर घट्याे

Share this post :

Facebook
Twitter
WhatsApp

वाणिज्य बैंकहरूमा निक्षेपको ब्याजदर घटेकाे छ । औसत ०.२९ प्रतिशतले निक्षेप घटेको हाे । वैशाख महिनाकाे लागि मात्र घटाइएकाे हाे ।

वैशाखमा वाणिज्य बैंकहरूको एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ६.९६४ प्रतिशत कायम हुनेछ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये १३ वटाले चैतको तुलनामा वैशाखमा निक्षेपको ब्याज घटाएको, तीन वटाले बढाएको र चार वटाले स्थिर राखेका छन् । 

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले आगामी महिनाका लागि अघिल्लो महिनाको अन्तिम दिनभित्रै ब्याजदर सार्वजनिक गर्नुपर्ने हुन्छ । यसकारण बैंक तथा वित्तीय संस्थाले शुक्रबार आगामी वैशाखका लागि ब्याजदर सार्वजनिक गरेका छन् । व्याजदर एक महिनाभित्र परिवर्तन गर्न भने पाइने छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *