वेपत्ता युवा मृत्त भेटिए

Share this post :

Facebook
Twitter
WhatsApp

वेपत्ता भएकाे तीन दिनपछि कास्कीको माछापुच्छ्रे गाँउपालिका-१ करुवाका २५ वर्षिय जगत पुन मृत्त भेटिएका छन् । साेमबार शव ढुँगामा अड्किएकाे अवस्थामा फेला परेकाे सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीका प्रमुख एसपी अरूण पाैडेलले बताए ।
कास्कीकाे माछापुच्छ्रे गाँउपालिका-१ करुवास्थित सेति नदिकाे खाेचबाट २५ वर्षिय युवाकाे शव निकालिएकाे छ ।

उनका अनुसार दिउँसो साढे २ बजे शवलाई उद्धार गरि पोष्टमार्टमको लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाईएको छ । मानिसको हात तैरिरहेको अवस्थामा देखिएको र पानीको बाहाव तिव्र रहेको भन्ने सूचना प्राप्त भएपछि कालिका गणबाट सशस्त्र प्रहरी उद्वारका लागि खटिएका थिए ।
कास्कीकाे माछापुच्छ्रे गाँउपालिका-१ करुवास्थित सेति नदिकाे खाेचबाट २५ वर्षिय युवाकाे शव निकालिएकाे छ ।

कास्कीकाे माछापुच्छ्रे गाँउपालिका-१ करुवास्थित सेति नदिकाे खाेचबाट उनकाे शव निकालिएकाे हाे । सेती नदीको १५० मिटर खोचकाे पानीभित्र ३ मिटर गहिराे ढुङ्गामा अड्किएको अवस्थामा शव निकालिएकाे सशस्त्र प्रहरीले जनाएकाे छ । शव उद्वार गरेपछि मात्र पुनकाे परिवारले पहिचान गरेकाे एसपी पाैडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *