प्रभावकारी बन्दै निःशुल्क स्वास्थ्य बीमा

Share this post :

Facebook
Twitter
WhatsApp

चालु आर्थिक वर्षदेखी स्याङ्जाको वालिङ नगरपालिकाले छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्दै आएको छ । उक्त कार्यक्रम जनतासमक्ष प्रभावकारी बनेको दावी नगरपालिकाको छ ।
छोरीलाई समाजले दोस्रो दर्जाकारुपमा हेर्ने गरेको अवस्थामा नगरपालिकाले उक्त कार्यक्रम लागु गरेको नगरप्रमुख कृष्ण खाँणले बताए । छोरीहरुलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाई छ । ‘आधा हिस्सा ओगटेका नारीको सम्मान गर्नुपर्छ । उनीहरुको मनोबल उच्च राख्न आवश्यक छ । जहाँ नारीको सम्मान हुन्छ, त्यो समाज सुसंस्कृत र समुन्नत हुन्छ’ उनले भने । घर र समाजमा नारीहरुको महत्वपूर्ण भूमिका रहँदा रहँदै पनि समानरुपमा सम्मान दिन नसकिएको उनले बताए । नगरपालिकाले महिलाको क्षेत्रमा प्राथमिकताका साथ कार्यक्रम संचालन गरेको उनले बताए ।
यसैगरी नगर उपप्रमुख कविता तिवारी गैह«ेले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमले नारी उत्थानमा भूमिका खेल्ने बताइन् । नगरपालिकाले यो आर्थिक वर्षमा मात्र करिव तीन सय जनाले निशुल्क स्वस्थ्य विमा गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *