बझाङकाे निर्वाचन क्षेत्र नम्बर १ काे प्रदेशसभा १ मा एमालेका दमनबहादुर भण्डारी विजयी भएका छन् । शनिबार भएकाे उपनिर्वाचनमा भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६७ मतको अन्तरले पराजित गरेका हुन् ।
भण्डारीले ११ हजार ६ सय १३ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरे । यस्तै माओवादीका जनक बुढाले ३ हजार ८ सय ३१ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत ल्याएका छन् ।
Post Views: 82