कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–११ फुलबारीस्थित शिवशक्ति माध्यमिक विद्यालयमा संचालन भईरहेको कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र विद्युतीय माध्यमबाट बाहिरीएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

पक्राउ पर्नेमा पोखरा–११ फुलबारीका ३९ वर्षिय नारायण बास्तोला र ३७ वर्षिय रामचन्द्र बास्तोला रहेका छन् । उनीहरुलाई प्रहरीले आइतबार विहान पक्राउ गरेको जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ८ वटा थप उत्तरपुस्तिका, तीन वटा मोबाइल फोन बरामद गरेको छ । प्रहरीले शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *