सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ ।
संसद्को अधिवेशन सुरु भएको दिन नै कांग्रेसले बैठकमा आफ्नो कुरा राखेर बैठकको नियमित कारबाही अघि बढाउन नदिएको हो ।
कांग्रेस महामन्त्री गगन थापालाई सभामुख देवराज घिमिरेले समय दिएपछि बोलेका थिए । त्यसक्रममा उनले संसदीय छानबिन समिति गठन नगर्दासम्म कुनै कारबाही अघि बढ्न नदिने घोषणा गरे । गृहमन्त्री रवि लामिछानेकाबारेमा अनेक प्रमाण रहेकोमा उनले महान्यायाधिवक्ताको कार्यालयलाई दुरुपयोग गरेको थापाले बताए ।
Post Views: 84