सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम सार्वजानिक गर्ने भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त वैठकलाई सम्बोधन गरेर दिउँसो तीन बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
सरकारको मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूचि रहेको छ । सरकारले वार्षिक बजेट ल्याउनुअघि नीति तथा कार्यक्रम ल्याउने अभ्यास छ । सरकारले जेठ १५ मा बजेट सार्वजानिक गर्नुपर्ने हुन्छ ।
Post Views: 121