सरकारले संघ, प्रदेश र स्थानीय तहका कानूनको ढाँचामा एकरूपता ल्याउने भएको छ ।
सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले संघीयता कार्यान्वयन सम्बन्धी कानून शीघ्र निर्माण गरिने बताए ।
उनले भने, ‘कानून तर्जुमा र कार्यान्वयनमा प्रदेश र स्थानीय तहको क्षमता बढाइनेछ। स्थानीय तहको न्यायिक निरूपणलाई सुदृढ गरिनेछ ।’
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै जनतामा राज्यप्रति आशा र भरोसा बढाउने गरी सरकारले नीति तथा कार्यक्रम कार्यान्वयन गर्दै आइरहेको बताए ।
Post Views: 82