जवरजस्ती करणीको आरोपमा एक जना पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

जवरजस्ती करणीको आरोपमा स्याङ्जा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गत कार्तिकमा १५ वर्षिया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जाको हरिनास गाउँपालिका–३ सिरिन्डााडाका २१ वर्षिय रिमबहादुर थापालाई गत वैशाख २५ गते पक्राउ गरेको हो ।

थापाले पीडीतलाई डर, धम्मकी देखाएर रातको समयमा बलात्कार गरेको भन्दै पीडीतको दिदीले प्रहरीमा जाहेरी दिएकी थिइन् । थापालाई जवरजस्ती करणी मुद्दामा गत वैशाख २५ मा नै जिल्ला अदालत स्याङ्जामा मुद्दा दर्ता गरी १० दिनकको म्याद थप गरिएको जिल्ला प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । उनका अनुसार पीडीत बालिका गर्भवती भएपछि मात्र दिदीले जाहेरी दिएकी हुन् । वालिका अहिले आफन्तको जिम्मामै रहेकको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *