आज प्रतिनिधिसभा बैठक बस्दै

Share this post :

Facebook
Twitter
WhatsApp

प्रतिनिधिसभाको बैठक विहीवार बस्दै छ । बानेश्वरस्थित संघिय संसदमा विहान ११ बजे वैठक बस्ने गरी बोलाइएको छ । आज बस्ने वैठकमा राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको प्रति टेबुल गरिने र राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दल सम्बन्धी (दोस्रो संसोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक समितिको प्रतिवेदन २०८०’ पेस गर्ने कार्यसूची छ ।
राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस गृहमन्त्री लामिछाने मुछिएको सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति नबनेसम्म उनलाई रोष्ट्रम प्रयोग गर्न नदिने अडानमा छ । कांग्रेसले गृहमन्त्रीको छानविनको माग गर्दै संसद अवरोध गर्दै आएको छ । एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले गृहमन्त्रीले बोल्न पाउनुपर्ने र यदी बोल्न नपाए यसको प्रतिकार एमालेले गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *