सहकारीकाे समस्या छानविन गर्न समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद अवराेध गर्दै आएकाे थियाे । आज विहान ११ बजे बस्ने भनिएकाे संसद वैठक पनि सुरू हुन सकेकाेफछैन् । संसद वैठक बस्नुअघि सत्ता र प्रतिपक्ष दल छलफलमा जुटेकाे थियाे ।
छलफलमा समस्याग्रस्त सहकारी छानविन गर्न समिति बनाउने सहमति जुटेकाे छ । बिहीबार संसद् भवनमा चलिरहेका अनौपचारिक छलफलमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्बाेधन गरेपछि सदनको बैठक सुचारू गर्ने र सहकारीका समग्र समस्या समाधान गर्नका लागि संसदीय समिति गठन गर्नेमा करिब सहमतिमा पुगेका छन् । प्रधानमन्त्री प्रचण्डले दाहालले पटक पटक कांग्रेससँग छलफल गरेका छन् । कांग्रेससँगको छलफलपछि संसद्को बैठक ४ बजे पछिका लागि सारिएको छ ।
Post Views: 193