पोखराको प्राइम सहकारी घोटालामा थप एक जना पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

पोखराको प्राइम बहुउद्देश्यीय सहकारी घोटाला प्रकरणमा कास्की प्रहरीले उत्तम मगरलाई पक्राउ गरेको छ । सहकारीको रकम हिनामिना गरेको अभियोगमा मगरलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी मोहन थापाले प्राइम सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु केसीको मुख्य योजनामा रकम हिनामिना गरको आरोपमा सोमबार विहान पक्राउ गरिएको बताए ।

प्रहरीका अनुसार प्राइम सहकारीबाट एक अर्ब ५४ करोडभन्दा बढी हिनामिना भएकोमा धेरै ठूलो रकम अपचलनमा मगरको पनि संलग्नता देखिएको छ । प्रतिवेदन र अनुसन्धानको आधारमा घोटाला गरेको देखिएपछि मात्र प्रहरीले उनलाई पक्रिएको बताएको छ ।

गण्डकी प्रदेशको सहकारी रजिस्ट«ारको कार्यालयको वित्तीय विश्लेषण र रायसहितको प्रतिवेदनकै आधारमा प्रहरीले गत मंगलबार पीडित बचतकर्ता तथा सेयर सदस्यलाई उजुरी गर्न आह्वान गरेर प्रमुख कार्यकारी अधिकृत पौडेल, व्यवस्थापक थापा, सञ्चालक समितिका अध्यक्ष शंकर कार्कीलगायत ८ जनालाई प्रक्राउ गरेको थियो ।

पोखरा महानगरपालिका–४ गैह्रापाटनमा रहेको प्राइम सहकारीका प्रमुख कार्यकारी अधिकृत तथा पूर्वसचिवसमेत रहेका सुरेन्द्रमणि पौडेल, व्यवस्थापक निरु थापाको प्रमुख योजनामा ठूलो रकम हिनामिना भएको सहकारी रजिस्ट्रारको कार्यालयले गरेको वित्तीय विश्लेषण प्रतिवेदनले निष्कर्ष छ ।
यो सहकारीको कार्यक्षेत्र कास्की, तनहुँ र गोरखा हो भने, ४ ठाउँमा सेवा केन्द्र स्थापना गरी कारोबार गर्दै आएको छ ।

प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणिकै मिलेमतोमा सहकारीको पैसा जग्गामा लगाएको, जग्गाको मूल्यलाई सम्पत्तीमा कायम नगरी ऋणी कै नाममा कर्जा देखिएको प्रतिवेदनमा उल्लेख छ । ‘प्राइम सहकारीको रकमबाट व्यक्तिगत सम्पत्ति आर्जन गर्ने, फर्जी खाता र कर्जा प्रवाह देखाएर डेढ अर्बभन्दा बढी अपचलन गरिएको छ’ प्रतिवेदनमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *