सडक निर्माणमा वन बाधक

Share this post :

Facebook
Twitter
WhatsApp

ग्रामीण सडक संजाल सुधार आयोजनामार्फत गण्डकी प्रदेशमा संचालित पाँच आयोजनामध्ये तीन वटाको निर्माण कार्य सुरु भएको छ भने दुई वटा सुरु हुन सकेको छैन् ।

आलोक चक्रपथले पूर्वी नवलपुरको दुई पालिका जोड्छ । मध्यविन्दु नगरपालिका–झ्यालबाँस हुँदै रुप्सेकोट जोड्ने यो चक्रपथलाई यसै वर्ष ८.६ किलोमिटर ठेक्का गर्ने तयारी हो । तर, वनका कारण चालु आर्थिक वर्षमा पनि उक्त आयोजनाको निर्माण कार्य अघि बढ्न सकेन् ।

३८ किलोमिटरको यो सडक दुई वर्षमा सम्पन्न गर्ने गरी अघि सारिएको छ । चक्रपथको अधिकाशं भाग वन अन्तर्गगत पर्दछ । वन क्षेत्रको जग्गा प्राप्ती र रुख कटान मुख्य समस्या हुन् । जग्गा प्राप्ती र रुख कटानको सहमतिका लागि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा फाइल पेश गरिएको छ । तर, मन्त्रालयले निर्णय नगर्दा अन्य प्रक्रिया अघि नबढेको हो ।

ग्रामीण सडक संजाल सुधार आयोजनामार्फत अघि सारिएको उक्त आयोजनाको चालु आर्थिक वर्षका लागि ८ करोड ६० लाख रुपैयाँ विनियोजन भएको छ । यस्तै, कास्कीको अन्नपूर्ण गाउँपालिका अन्तर्गत घट्टेखोला–धम्पुस सडक पनि अघि बढ्न सकेको छैन् । यस योजनाको आईईई स्वीकृत भए पनि एडीबीबाट नो अव्जेसन लेटर नआएका कारण निर्माण कार्य अघि नढेको आयोजना प्रमुख लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिए । यस आयोजनाको लागत स्टीमेट ४४ करोड ८१ हजार रहेको छ । जसमध्ये चालु आवलाई ११ करोड ७८ लाख बजेट विनियोजन गरिएको छ । भण्डारीले यो योजना यस वर्षभित्र नै सम्झौता गर्ने तयारी रहेको जानकारी दिए ।

गण्डकी प्रदेश सरकार अन्तर्गत संचालन भएको ग्रामीण सडक संजाल सुधार आयोजनाले ५ जिल्लामा ५ वटै विकास निर्माणका आयोजना छन् । तीमध्ये तीन वटा टेण्डर लागेर कार्यान्वयनमा गइसकेका छन् भने बाँकी दुई वटा योजनाको टेण्डर हुन सकेको छैन् । कार्यान्वयनमा भएका आयोजनाको पनि भर्खरै मात्र सम्झौता भएको हो । जुन पहिलो स्तम्भमा जादैनन् । सामूहिक सर्वे एप्रुप गर्दा समय लाग्ने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चालुु आवमा ५ प्रतिशत मात्र बजेट खर्च हुनेछ ।

भौतिक पूर्वाधारतर्फ ८७.५ अर्थात् १०० मिलियन एडीबीको ऋण हो भने १२.५ प्रतिशत अर्थात् २० मिलियन नेपाल सरकारको लगानी रहेको छ । यो प्रोजेक्ट १२० मिलियनको हो । प्रोजेक्ट संचालनका लागि एडीबी र नेपाल सरकारको ५०÷५० प्रतिशत खर्च व्यर्होने छ । गण्डकी प्रदेशमा यी आयोजना ३१ अक्टोबर २०२३ बाट सुरु भएको हुन् । सोही दिनमा नै ऋण सम्झौता भएको आयोजनाले जनाएको छ ।

ग्रामीण सडक संजाल सुधार आयोजना अन्तर्गत संचालित योजनामध्ये तीन वटाको निर्माण कार्य सुरु भएको छ । बाग्लुङको अदालत चौतारी–टित्ल्याङ–सलबोट–दह–भकुण्डे–रायडाँडाको निर्माण कार्य सुरु भएको आयोजनाले जनाएको छ । यहाँको दुई स्थानीय तह (बाग्लुङ र बर्याङ नपा) जोड्ने यो सडकको लम्वाई १५ किलोमिटर रहेको छ । ३१ करोड ९६ लाख बजेट सम्झौता भएको यस सडक निर्माणको लागि चालु आवमा ११ करोड ८५ लाख खर्च गर्नुपर्ने हुन्छ । ३१ मार्च २०२४ मा ठेक्का लागेको यस सडक निर्माणको जिम्मा टुण्डी विडारी निर्माण कम्पनीले लिएको छ ।

यसैगरी, पर्वतको पाथीचौर–बाजुुङ–स्याङ–नागिर सडक पनि कार्यान्वयनमा गएको छ । ३१ मार्च २०२४ मा ठेक्का लागेको यस सडकको निर्माणा जिम्मा बानियाँ निर्माण सेवा कम्पनीले लिएको छ । ५४ करोड ९० लाख सम्झौता भएको यस सडकको यस वर्षका लागि १८ करोड ९० लाख रुपैयाँ छुट्याइएको छ ।

गोरखाको अवुवा–विर्दि–सेराबजार–पौवाटार सडकको लम्वाई १५ किलोमिटर रहेको छ । पालुङटार नपा अन्तर्गत रहेको यस सडकको प्रत्यक्ष रेखदेख भीवीई पीएल एसीपीजीभी अम्मर कन्ट्रक्सनले गर्नेछ । ३० करोड ३१ लाख लागत रहेको यस आयोजनाले चाल आवमा १२ करोड ४० लाख बजेट खर्चिनुपर्ने छ । यी आयोजनाका लागि ५ वर्षको सयम छ । दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने, काम सकिएको दुई वर्षसम्म मर्मत गर्नुपर्ने र एक वर्ष डिफेक्ट गर्नुपर्ने परियोजनाका प्रमुख भण्डारीले बताए । यी योजना पीपीएम विधि (पर्फमेन्स मेन्टेन्स कन्ट्रयाक)बाट बनाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *