प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । काँग्रेस लगायत विपक्षी दलको अवरोधका बीच पनि आज प्रतिनिधिसभा वैठकमा विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डको पक्षमा १५७ मत प्राप्त भएको छ । नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत लिएका थिए ।
यसैगरी, विपक्षमा हुन्न भन्नेमा जिरो र दिन्न भन्नेमा १ मत प्राप्त भएको छ । मतदानमा १५८ जना सहभागी रहेका थिए ।
Post Views: 183