जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत कास्कीले २०७९ माघ १० मा जवरजस्ती करणी मुद्दामा ११ महिना ८ दिन कैद सजाय र १५ हजार रुपैयाँ जरिवाना तोकेको थियो भने, पीडित राहत कोषमा ४ हजार तोकेको थियो ।
अदालतको उक्त फैसलापछि फरार रहेका कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीका ३७ वर्षिय विपिन भन्ने केशव सुनारलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले विहीवार नौडाँडाबाट पक्राउ गरेको हो । अहिले आवश्यक कारबाहीको लागि अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *