प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) कांग्रेस सभापति शेरहादुर देउवा भेट्न बुढानीलकण्ठ पुगेका छन् । प्रधानमन्त्री सचिवालयका अनुसार संसदमा देखिएको गतिरोधलगायतका समसामयिक विषयमा छलफल गर्न आज विहान प्रधानमन्त्री देउवा निवासमा पुगेका छन् ।
कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा जाेडिएकाले छानवीनकाे माग गर्दै संसद अवराेध गर्दै आएकाे थियाे ।
सत्ता पक्षले अहिले केही वेरमा बैठक राखेकाे छ । वैठकमा शीर्ष नेताहरू सहभागी हुँदैछन् । त्यसअघि कांग्रेस पनि आन्तरिक छलफलमा जुटिरहेको छ । सहकारी ठगी प्रकरणमा बनाउने भनिएको संसदीय छानबिन समितिको कार्यादेशको टुंगो नलाग्दा लामो समयदेखि संसदमा गतिरोध देखिएको छ ।
Post Views: 54