सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट सार्वजनिक गरेकाे छ । याे बजेट चालू आवकाे भन्दा करिब २१ प्रतिशत र संशोधित अनुमानको ६.२ प्रतिशतले बढी हो । चालु आर्थिक वर्ष १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
दुवै संसदकाे संयुक्त वैठकलाई सम्बाेधन गर्दै अर्थमन्त्री वर्षमान पुनले आज बजेट सार्वजनिक गरेका हुन् ।
चालुगततर्फ ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब, वित्त व्यवस्थापनमा ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
Post Views: 67