गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । संविधान धारा १६८ काे उपधारा ३ अनुसार बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई नियुक्त गरेका हुन् ।

यस उपधारामा संसदमा सहभाथी सबै भन्दा ठूलाे दलकाे हैसियतमा मुख्यमन्त्री नियुक्त हुने पाउने व्यवस्था छ । साेही अनुसार पाण्डे नियुक्त भएका हुन् । २७ सीटले काँग्रेस संसदमा सबैभन्दा ठूलाे दल हाे । पाण्डे यसअघि पनि मुख्यमन्त्री बनिसकेका छन् ।

वर्तमान सत्ता गठबन्धनबाट गण्डकीमा मुख्यमन्त्री बनेका एमाले नेता खगराज अधिकारीले संविधानबमोजिम प्रदेशसभामा बहुमत पुर्‍याउन नसकेपछि प्रदेशसभामा उपस्थितको बहुमतको आधारमा भन्दै सभामुख कृष्णप्रसाद धितालले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत अवैधानिक रहेको ठहर गर्दै ४८ घण्टाभित्र संविधानको धारा १६८ (३) बमोजिमको मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो । पाण्डेले आज वेलुका ५ बजे शपथ लिने कार्यक्रम छ ।उनलाई प्रदेश प्रमुख भट्टले पद तथा गाेपनियताकाे शपथ खुवाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *