आज जेठ १९ : दरबार हत्याकाण्डको २३ वर्ष पूरा

Share this post :

Facebook
Twitter
WhatsApp

आज जेठ १९ गते दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा भएको छ । ०५८ जेठ १९ गते तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको थियो ।

राजदरबारभित्र भएको गोली काण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियाो ।

घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । उक्त दरबार हत्याकाण्ड २३ वर्षसम्म पनि रहस्यमय नै छ । सत्ता बाहिर हुँदा नेताहरुले दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउने वाचा गरे तर, सत्तामा पुगेपछि भने दरबार हत्याकाण्ड कहिल्यै प्राथमिकतामा परेन् ।

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रलाई दोषी ठहर्‍याए पनि त्यसलाई आमजनताले विश्वास गरेका छैनन् ।

तत्कालीन छानबिन समितिले युवराज दीपेन्द्रले हत्या गरेको भनी अपुष्ट तथ्य सार्वजनिक गरेको थियो । छानबिन समितिको तथ्यअनुसार युवराज दीपेन्द्रले नै राजा वीरेन्द्रको वंश नाश गरेको मानिन्छ । तर, उक्त प्रतिवेदनको दाबीलाई धेरैले विश्वास नगरेको पाइन्छ । २०५८ जेठ १९ लाई नेपाली जनताले कालो दिनकोरुपमा लिने गरेका छन् । वीरेन्द्रको हत्या भएपछि राजदरबारको नेतृत्व उनका माइला भाई ज्ञानेन्द्रले लिए पनि लामोसमय भने टिक्न सकेन् । जनआन्दोलन २०६२÷६३ ले राजतन्त्रको अन्त्य गरी लोकतन्त्रको स्थापना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *