११ मुलुकका राजदूतलाई फिर्ता बोलाइयो

Share this post :

Facebook
Twitter
WhatsApp

सरकारले ११ मुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद्को वैठकले अमेरिका, भारत लगायत ११ मुलुकका राजदुतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
सरकारले भारत, अमेरिका, बेलायत, दक्षिण कोरिया, पोर्चुगल, इजरायल, साउदी अरब, मलेसिया, डेनमार्क, कतार र स्पेनका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यी राजदुत कांग्रेस र माओवादीको गठबन्धनका बेलामा नियुक्त भएका थिए । सत्ता समिकरण फेरिएसंगै राजदुतलाई पनि फिर्ता बोलाइएको बताइएको छ । यसरी बोलाइएका राजदूतमा भारत, अमेरिका, बेलायत, दक्षिण कोरिया, पोर्चुगल र इजरायलमा कांग्रेसको कोटाबाट सिफारिस भई नियुक्त भएका हुन् । यस्तै, उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपालबाट डेनमार्क र स्पेनमा राजदूत नियुक्त भएका थिए ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीबाट साउदी अरबमा राजदूत नियुक्त भएका थिए । मलेसिया र कतारमा भने पूर्वप्रधानमन्त्री माधव नेपालको एकीकृत समाजवादी पार्टीबाट नियुक्त भएका थिए ।
दाहालले सत्ता गठबन्धन दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि राजदूत फिर्ता बोलाउने निर्णय गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *