सुर्तीजन्य पर्दाथकाे प्रयाेग बढ्दाे, विश्वमा ८० लाखकाे मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp

सुर्तीजन्य पर्दाथकाे प्रयाेग महामारीरूपमा बढ्दाे रहेकाे बताइएकाे छ । सुर्तीजन्य वस्तु प्रयाेगका कारण विश्वमा ८० लाख मानिसको मृत्यु भएकाे छ ।
८० लाखमध्ये करिव १३ लाख मानिसले धुम्रपान सेवन नगरे पनि धुँवाका कारण मृत्यु हुने गरेकाे तथ्यांक स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा “सूर्तीजन्य पदार्थ सेवनको वर्तमान अवस्था, नियमन तथा नियन्त्रण सम्बन्धमा अन्तरकृया” कार्यक्रममा उक्त कुरा बताइएकाे हाे ।

नेपालमा २८.९ प्रतिशतले सुर्तीजन्य वस्तु प्रयाेग गर्छन् भने,
धुम्रपान १७.१ प्रतिशत र धुम्रपानबाहेक सुर्तीजन्य पर्दाथकाे प्रयाेगकर्ता १८.३ प्रतिशत छन् । मन्त्रालयकाे अनुसन्धानले शिक्षित व्यक्ति नै धुम्रपान सेवन गर्ने गरेकाे बताएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव दिपेन्द्ररमण सिंहले सुर्तीजन्य पर्दाथ सेवन भयावह रहेकाे बताए । यसबाट मानव स्वास्थ्यलाई अप्ठ्यारो पारेकाे उनकाे भनाई थियाे । अनुसन्धानकाे लागि स्राेत साधन नभएकाे बताउदै उनले याे विश्वव्यापीकरण रहेकाे तर्क राखे ।

नेपालकाे परिवेशमा भन्ने हाे भने सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा ३६.४ प्रतिशत र सबैभन्दा कम बाग्मती प्रदेशमा २२.९ प्रतिशत सेवन हुन्छ ।
मानिसकाे उमेर बढ्दै जादा धुम्रपान सेवनकर्ताकाे पनि संख्या बढ्दै गएकाे बताइएकाे छ ।

धुँवामा चुराेट बढी प्रयाेग हुने गरेकाे छ भने, धुँवारहितमा सुर्ती, खैनी, गुड्का, पान प्रयाेग गर्नेकाे संख्या बढी रहेकाे मन्त्रालयकाे तथ्यांकले जनाउँछ ।

मन्त्रालयका उपसचिव गाेपीकृष्ण रेग्मीले सुर्तीजन्य पर्दाथकाे प्रयाेग महामारी रहेकाे बताए । यससम्बन्धी कानुन भए पनि कार्यान्वयनमा समस्या रहेकाे उनले बताए ।

निरूत्साहित गर्न विमानस्थल, हाेटलमा छुट दिएकाे छ । स्थानीय सरकारले स्थान ताेक्न सक्छ । यसाे त, व्यवस्थापकले आफ्नाे अनुकूलमा पनि दिन सक्छ ।
कानुनले शिक्षण, स्वास्थ्य संस्था, बाल कल्याण, शिशु स्याहार केन्द्रकाे एक सय मिटर परसम्म राख्न र बेच्न नपाइने व्यवस्था गरेकाे छ ।

नेपालमा नियन्त्रण र नियमन भएकाे छ जसअनुरूप सार्वजनिक स्थलमा धेरै कम भएकाे उपसचिव रेग्मीले बताए । यससम्बन्धि नियम, नियमावली, कार्यविधि प्रभावकारी रहेकाे उनले बताए ।

सुर्तीजन्य पर्दाथ राेकथाम तथा उपचारको लागि स्वास्थ्य कर काेषकाे स्थापना भएकाे छ । सुर्तीजन्य पर्दाथ नियन्त्रण र राेकथाम निकै चुनाैति छ । सुर्तीजन्य वस्तुले शरीरकाे ९० प्रतिशत बढी भागमा असर गरेकाे हुन्छ ।

गण्डकी प्रदेशकाे सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सचिव विनाेदविन्दु शर्माले धुम्रपान एक प्रमुख जाेखिम कारक रहेकाे बताए । हिमाली क्षेत्रमा २५ प्रतिशत महिलाले सुर्ती सेवन गर्छन् । २५ प्रतिशत भन्दा बढी समस्याबाट प्रभावित रहेकाे उनले बताए ।

गण्डकी प्रदेश सरकारले क्यान्सर लागेका विरामीकाे लागि १ लाख रूपैयाँ अनुदान दिने व्यवस्था गरेकाे छ ।
संघिय सरकारले पनि दिदै आएकाे १ लाखमा थप १ लाख दिने गरेकाे उनले बताए ।

गण्डकी सरकारले क्यान्सर उपचारकाे लागि वीर अस्पताल, राष्ट्रिय चिकित्सक प्रतिष्ठान, भक्तपुर अस्पताल, पाटन विज्ञान प्रतिष्ठान ललितपुरमा सम्झाैता भएकाे सचिव शर्माले बताए ।

प्रदेश स्वास्थ्य मन्त्रालयका अधिकृत बुद्धिसागर अधिकारीले क्यान्सरको विगविगि रहेकाे बताए । अधिकारीले छाेड्नुपर्छ भन्ने हुँदाहुँदै पनि नछाेड्ने पात्र समाजमा धेरै रहेकाे बताए ।

दिगाे विकासकाे लक्ष्यमा मृत्युदर एकतिहाई घटाउने भनिएकाे भए पनि याे सम्भव नरहेकाे मन्त्रालयले जनाएकाे छ । झापाबाट धान भन्दा सुर्ती बढी निर्यात हुन्छ । तराईमा पनि सुर्तीजन्य वस्तु बढी निर्यात हुन्छ । तर, किसानले मूल्य पाएका छैनन् । यसमा कर छली धेरै रहेकाे मन्त्रालयले स्वंम् जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *