स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा उत्तरवाहीनी क्षेत्रको रुपमा परिचित छ । प्रसिद्ध यस क्षेत्रमा १०८ धारासहित विशाल शंख, हिमाल, गुफा, मुक्तिनाथ बाबाको प्रतिमा लगायतका संरचना बन्ने भएको छ । हाल १०८ धारा निर्माणधिन अवस्थामा छ ।
महालिंगधाम भनेर चिनिने ऐतिहासिक शंखे पिपल परिसरमा निर्माण हुने गुफाभित्र झरना, ध्यानस्थल, देवीदेवताका प्रतिमा लगायतका संरचना रहने छन् । ७५ मिटर लामो गुफा प्रवेशद्धारमा विशाल शंख र सिंहको प्रतिमा निर्माण गरिने भएको छ ।
धारा, गुुफा, प्रतिमा सहितका संरचना बनाउन ७० लाख बढी खर्चको अनुुमान गरिएको गरिएको कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका सचिव सोमनाथ न्यौपानेले जानकारी दिए । उनका अनुसार अहिलेसम्म शिला लेखमा नाम लेखिने सर्तमा इच्छुकबाट प्रति व्यक्ति १२ हजार सहयोग संकलन गरिएको छ । उत्तरवाहीनी क्षेत्रलाई धार्मिक गन्तव्यको केन्द्र बनाउन स्थानीयबासीको विशेष योगदान रहेको उनी बताउँछन् ।
कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्यकृष्ण प्रभुुले हिन्दूूधर्म शास्त्रमा उत्तरवाहीनी र कालीगण्डकीको विशेष महत्व रहेको बताए । उनले प्रतिष्ठानको संरक्षकत्वमा यहाँ कालीगण्डकी गूूरुकुलम् संचालन गरिएको र प्राकृतिक अस्पतालसमेत निर्माणधिन अवस्थामा रहेको जनाए ।
‘उत्तरवाहीनी क्षेत्र पछिल्लोसमय धार्मिक एवं पर्यटकिय गन्तव्यको रुपमा चिनिदै गएको छ । यहाँ दैनिक जसो देश तथा विदेशबाट धार्मिक पर्यटक कालीगण्डकी स्थानसंगै शालिग्रामको पुुजा लागि आउने गरेका छन्’ उनले भने, ‘उत्तरवाहीनी क्षेत्र भगवान राम सहित मार्कण्य ऋषिका पिताले तपस्या गरेको ठाउँ हो । अद्भुत चक्रशिला, शंखको ध्वानी आउने पिपल, १०८ शिव लिङ्ग, करिब दुई सय जना बास बस्न मिल्ने आवास गृह लगायतका संरचना भएकाले पनि यो ठाउँको अत्यन्त महत्व छ ।’ सुुन्दर, मनोरम र आध्यात्मिक साधनाका लागि सबोत्तम भूूमि उत्तरवाहीनीमा समय समयमा ¥याफ्टिङ पनि हुने चैतन्य कृष्णको भनाई छ ।
उत्तरवाहीनीमा औँसी र कुुसे औँसीमा श्राद्ध गर्न आउनेको भिड हुन्छ । वैशाख सक्रान्ति, हरिबोधनी एकादशी, हरिशयनी एकादशी, माघे सक्रान्ति, बालाचतुुर्दशी लगाएतका विभिन्न तिथि तथा पर्व स्नान, पुजा एवं दर्शन गर्न आउनेकोे भिड लाग्न उनी बताउँछन् । उनका अनुसार कालीगण्डकी महालिङ्गधाममा आइपुगेपछि करिब तीन किलो मिटर कालीगण्डकी नदी उत्तरतर्फ फर्केर बगेको भएकाले यस क्षेत्रलाई उत्तरवाहीनी भनिएको हो । उत्तरवाहीनी धार्मिक दृष्टिकोणले निक्कै दुर्लभ र महत्वपुर्ण मानिन्छ ।
चैतन्यकृष्णले निकट भविष्यमा यसै क्षेत्रमा मार्कण्य ऋषिको प्रतिमा निर्माण गरिने दावी गरे । उनले कालीगण्डकी उत्तरवाहीनीको विशिष्ट महत्व उजागर गरि धार्मिक पर्यटनको प्रवद्र्धन र विकास गरेर यो क्षेत्रलाई विश्वभर चिनाउने र पर्यटनको माध्यामबाट राष्ट्रलाई आर्थिक क्षेत्रमा योगदान पु¥याउने लक्ष्य रहेको स्पष्ट पारे ।
पैसा खर्च गरेर मुक्तिनाथ जान नसक्नेका लागि मुक्तिनाथबाटै बगेर आएको जलले १०८ धाराबाट यहाँ स्थान गर्न पाउनु अत्यन्त गौरवको विषय भएको न्यौपानेले बताए । उत्तरवाहीनी क्षेत्रको विकास हुँदा स्याङ्जा, पाल्पा र देशको विकासमा समेत कोषेढुङ्गा सावित हुने विश्वास उनको छ । उत्तरवाहीनी धार्मिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण र अन्य धार्मिक स्थलभन्दा पृथक लाग्ने गरेका कारण आफ्नो रोजाइमा परेको साँस्कृतिक अभियन्ता तुलसी प्रभास बताउँछन् । ‘फुर्सदको समय उत्तरबाहिनी जान मन लाग्छ’ उनी भन्छन्, ‘त्यहाँ पुगेपछि शान्ति मिल्छ ।’