सशस्त्र प्रहरी बलमा अबदेखि “एक जवान, एक सीप”काे अवधारणा लागू गरिने भएकाे छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय (प्रदेश कार्यालय) काे २३ ओै स्थापना दिवसकाे अवसरमा प्रहरी महानिरीक्षक राजु अर्यालले प्रहरीलाई पनि सीपयुक्त बनाउन याे अभियान लागू गर्न लागिएकाे बताए ।
सशस्त्र प्रहरीले समन्वय र सहकार्यमा आफ्नाे भुमिका निभाउदै आएकाे बताउँदै उनले प्रहरी संगठनभित्र पनि व्यावसायिक आवश्यक रहेकाे बताए । ‘जटिल परिस्थितिमा पनि सशस्त्र प्रहरी कर्तव्यबाट विचलित छैन’ उनले भने ।
गण्डकी प्रदेश उत्कृष्ट कार्यालय रहेकाे छ । यहाँका संरचनाले बलियाे आधार खडा गरेकाे आइजीपी अर्यालले बताएका थिए । गण्डकी प्रदेश भाैतिक विविधताले पनि बलियाे छ । राज्यकाे लागि, जनताकाे माैलिक हककाे लागि सशस्त्र प्रहरी सधै लड्ने उनले बताए ।
वर्षाकाे समय रहेकाले विपद्मा बढी जिम्मेवारी हुन उनले निर्देशन दिएका थिए । सशस्त्र प्रहरी प्रदेश प्रमुख कालीदास धाैवजी अन्तर्राष्ट्रिय सीमा सुरक्षाकाे जिम्मा पनि सशस्त्रलाई नै रहेकाले यसलाई अझै बलियाे बनाएर अघि बड्नुपर्ने बताए ।
साहशी र वीरकाे प्रदेश रहेकाे गण्डकी प्रदेशबाट पहिलाेपटक सगरमाथाकाे चुचुराेमा संगठनकाे झण्डा फरफराएकाे भन्दै उनले प्रहरी निरीक्षक सुरज पाैडेललाई सम्झिए । पाैडेललकाे उदाहरण दिदै उनले गण्डकी बहादुरी र साहसीकाेफप्रदेश रहेकाे भन्दै प्रशंसा गरे ।
अन्तर्राष्ट्रिय सीमा सुरक्षाकाे लागि गण्डकी प्रदेश अन्तरगत नवलपुर, मुस्ताङ र गाेरखामा विओपी खडा गरिएकाे बताए ।
विओपीकाे कार्यालय बलियाे बनाउन आवश्यक रहेकाे उनले महानिरीक्षकसमक्ष आग्रह गरेका थिए । महानिरीक्षक अर्यालले बाहिनीकाे धाैलागिरी बहुउद्देश्यीय हलकाे उद्घाटन गरेका थिए । स्थापना दिवसमा सशस्त्र प्रहरी बल कालिका गण कास्की गण्डकी प्रदेशकै उत्कृष्ट गण तथा गणपति एसपी अरुण शर्माले उत्कृष्ट गणपतिको अवार्ड प्राप्त गरेका छन् । सो अवसरमा दश जना सशस्त्र प्रहरी अधिकृत तथा जवान विविध विषयमा आईजिपी राजु अर्यालबाट पुरस्कार एवं प्रशंसाा पत्र प्राप्त गरेका छन् ।