निलम्बित मुख्यसचिव अर्यालको सरुवा राष्ट्रिय योजना आयोगमा

Share this post :

Facebook
Twitter
WhatsApp

निलम्बित मुख्यसचिव वैकुण्ठ अर्यालको सरुवा राष्ट्रिय योजना आयोगमा भएको छ । आज बसेको मन्त्रिपरिषद्को वैठकले आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी सरुवा गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारका मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोमा प्रचलित कानुनबमोजिम निज स्वतः निलम्बनमा परेको बताइन् । उनले हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उनलाई उक्त पदमा सरुवा गर्ने निर्णय गरेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *