सुनको मूल्य तोलामा ७ सय घट्यो

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मूल्यमा तोलामा ७ सय रुपैयाँ घटेको छ । चादीमा २५ रुपैयाँ घटेको महासंघले जनाएको छ ।

बजारमा छापावाल सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँ थियो । महासंघका अनुसार तेजावी सुन प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार प्रतितोला १ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला १ हजार ७९० रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *