सर्वोच्चको आदेशपछी प्रदेश सभा पुगेका गण्डकीका सांसद फणीन्द्र देवकोटालाई रोक लगाइएको छ ।
बिहीबार प्रदेश सभा गएका देवकोटालाई मर्यादा पालकले रोक लगाएका हुन ।
आफुलाई रोक लगाएपछि बाहिरै रहेको देवकोटाले बताए । `अदालतले आदेश दिएकाले म प्रदेश सभामा आएको हुँ । के कारणले रोकिएको हो थाहा भएन । म अहिले बाहिर छु´उनले भने ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएपछी उनलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको थियो । आफू नेपाल समाजवादी पार्टी भएकाले माओवादीले कारवाही गर्न नमिल्ने भन्दै उनी सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले सोमबार उनको पक्षमा अन्तरिम आदेश दिएको थियो ।
Post Views: 176