स्याङ्जाको पुतलीबजार नगरपालिका–१ मा रहेको त्रिभुवन आर्दश नमुना माध्यमिक विद्यालयमा अध्ययरनत सुशान्त मरासिनीले ४ जीपीए प्राप्त गरेका छन् ।
४ जीपीए ल्याउनेमा मरासिनी जिल्लाकै एक्लो व्यक्ति हुन् । बिहीबार प्रकाशित नतिजामा नेपालभरबाट १ सय ८६ जनाले ४ जीपीए ल्याएका छन् ।
विद्यालयका गणित शिक्षक शिव ढकालका अनुसार २०८० मा १४३ जनाले एसईई परीक्षा दिएका थिए । तीमध्ये १९ जनाले ३.६६ अंक प्राप्त गरेका छन् ।
‘१९ जनाकै नतिजा उत्कृष्ट हो’ शिक्षक ढकालले भने, ‘कक्षाको फष्ट बोईले ३.९ अंक ल्यायो । बोर्डमा सेकेण्ड बोईले टप्यो ।’
उनले सरकारी विद्यालयमा ४ जीपीए अंक ल्याउनुमा खुशी व्यक्त गरे । सुशान्त पुतलीबजार नगरपालिका–३ साउथरका बासिन्दा हुन् । कक्षा ५ उर्तीण गरेपछि ६ कक्षा भर्ना गर्न त्रिआ माविमा आएका थिए ।
Post Views: 108