हिमालपारीको जिल्ला मनाङबाट गत चैतमा दिइएको एसईई परीक्षामा ७ जना मात्र विद्यार्थी उर्तीण भएका छन् । यस जिल्लाबाट ३९ जनाले परीक्षा दिएका थिए ।
७ जनामध्ये सदरमुकाम चामेमा रहेको लोकप्रिय माविबाट एसईई दिएका जयराम थापाले सवैभन्दा बढी ३.३९ जीपीए ल्याएका छन् । लोकप्रियबाट १७ जनाले एसईई दिएकोमा थापासहित ४ जना उत्तीर्ण भएका छन् । लोकप्रिय खुलाबाट ३ जनाले एसईई दिएकामा ३ जना नै अनुत्तीर्ण भएका छन् ।
तल्लो मनाङस्थित नासों गाउँपालिकामा रहेको प्रकाशज्योति माविबाट १९ जनाले एसईई दिएकामा ३ जनामात्रै उत्तीर्ण भएका छन् । माथिल्लो मनाङस्थित अन्नपूर्ण माविबाट १ जनाले एसईई दिएकोमा १ जना पनि अनुत्तीर्ण भएका छन् ।
तल्लो मनाङको तालस्थित भानु माविको कक्षा १० मा विद्यार्थी नभएपछि एसईइमा सहभागी भएनन् ।
Post Views: 68