पहिरोमा परि पाेखरामा एकै परिवारका ७ सहित ८ जनाकाे मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp

केही दिनदेखि परेकाे अविरल बर्षाका कारण गएराति पोखराका आएकाे पहिराेमा परि एकै परिवारका ७ जनाकाे मृत्यु भएकाे छ । छोरी ज्वाईसहित ७ जना पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाेखराका ३ ठाँउमा पहिरो खस्दा ८ जनाको मृत्यु भएको छ । पहिराेमा परि २ जना वेपक्ता भएका छन् ।

पोखरा महानगरपालिसका-१९ पुरुन्चौरमा एकै घरका ७ जनाको मृत्यु भएको हो भने पोखरा-३२ चैतपुर बाह्रबिसेमा एक जनाको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

पोखरा-१९ पुरुन्चौरका तल्लोकोटका तुलबहादुर परियार उनकी छोरी ज्वाई चितवन निवासि २५ बर्षका अस्मित परियारको पहिरोमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्तकुमार शर्माले बताए । उनकाे घर भन्दा केही माथिबाट आएको पहिरोमा परी ४६ बर्षका तुलबहादुरसहित उनकी श्रीमती मनकुमारी परियार, उनकी आमा ८५ बर्षकी लक्ष्मी परियार, १५ बर्षकी छोरी प्रशना परियार, चितवन घर भई माइत आएकी छोरी प्रभा परियार, ज्वाई अस्मितको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी ५६ बर्षकी राधिका परियारकोसमेत पहिरोमा परी मृत्यु भएको सूचना अधिकारी शर्माले जनाए ।

उक्त घटनामा परी छोरा पवन परियार र स्थानिय कुमार परियार घाइते अवस्थामा छन भने उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचार भई रहेको छ ।
पोखरा-३२ चैतपुर बाह्रबिसेमा अनिता ओझाको पहिरोमा परी मृत्यु भएको छ । स्थानिय आरती ओझाको टिनले छाएको एक तले ढुंगा माटेले बनेको घरमा माथिबाट आएको पहिरोले पुरिदा उनकी छोरी १८ बर्षकी अनिताको मृत्यु भएको प्रहरीले जनाएको छ । २५ बर्षका युवा हालसम्म वेपक्ता भएको स्थानियले बताए ।

त्यसैगरी पोखराको शिशुवामा आज बिहान १ः बजे आएको पहिरोले घर पुरिदा माइती कुमारी गुरुङ वेपक्ता छन् । कास्कीको मादी गाउँपालिका ११ बस्ने हाल शिशुवा बस्दै आएकी ८० बर्षकी गुरुङको पहिरोमा परी वेपक्ता भएकी सूचना अधिकारी शर्माले बताए । उनको ५५ बर्षका छोरा ओमबहादुर गुरुङको उद्धार गरिएको छ । पोखरामा भएका घटनामा स्थानिय, प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनासहितको टोली राति देखि खटिएका छन् । केही दिन देखि परेको बर्षाले पोखरा क्षेत्रको विभिन्न ठाँउमा डुवान र सडक भासिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *