स्याङ्जा सहकारी घोटला : पालिका अध्यक्ष फरार, तीन जना पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

जिल्ला अदालत स्याङ्जाले बिरुवा गाउँपालिकाका अध्यक्ष सुर्यबहादुर कुवँरसहित तीन जनालाई अनुसन्धानको लागि पक्राउ गर्न अनुमति दिएको थियो । यतिबेला पालिका अध्यक्ष कुँवर अहिले फरार छन् ।

सुर्योदय बचत तथा ऋण सहकारी लिमिटेड बिरुवा सेवा केन्द्रका प्रमुख जिवन वाग्लेसमेत भएको सहकारी ऐन कसुर अनुसन्धानको सिलसिलामा तीन जनालई पक्राउ गरी अनुसन्धानको लागि समोबार प्रहरीले माग गरेको थियो ।

तत्काल तीन जनालाई पक्राउ नगरे मुद्धामा संलग्न प्रमाण लोप, नाश गर्न सक्ने र उनीहरु भागि जाने सम्भावना देखिएकाले प्रहरीले पक्राउको अनुमति मागेको थियो । जिल्ला प्रहरी प्रमुख शालिकराम शर्माले प्रहरीको माग अनुसार अदालतले अनुसन्धान गर्न अनुमति दिएको बताए ।

प्रहरीले सेवा केन्द्रका संयोजक बिरुवा–७ का तारेन्द्रबहादुर केसी र मुक्तिनाथ विकास बैंक विरुवा शाखामा कार्यरत पुतलीबजार नगरपालिका–१४ का सन्ध्या भण्डारीलाई पक्राउ गर्न साउन २८ मा अनुमति मागेपछि पक्राउ गरेको हो ।

सेवा केन्द्रका प्रमुख जिवन वाग्लेले सहकारी र बचतकर्ताको रकम हिनामिना गरेको हुदाँ निज उपर सहकारी ऐन बमोजिम कारबाही अगाडि बढाउन सहकारीका प्रबन्धक धुु्रवनारायण श्रेष्ठले यहि साउन १० गते जाहेरी दिएका थिए । श्रेष्ठले जाहेरी दिएको भोली पल्टै प्रहरीले वाग्लेलाई पक्राउ गरेको थियो ।

बिरुवा गाउँपालिका अध्यक्ष कुवँरले राजनैतिक पुर्वाग्रह र नियतीले आफुमाथि पक्राउ पुर्जी जारी गरिएको बताए । २०७८ मा सेवा केन्द्रको सचिबबाट राजिनमा दिएको बताउदै कुवँरले सकारीको मुद्धा भर्खर मात्र दर्ता भएको बताए ।
तत्कालिन अवस्थाको केन्द्र संयोजक गुप्तबहादुर अधिकारीले राजिनामा दिएर संस्थाको केन्द्रिय सदस्य बनेको र आफु सचिबबाट राजिनामा दिएर गाउँपालिका अध्यक्ष भ्एको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *