अर्थका १५ सहसचिवको जिम्मेवारी हेरफेर

Share this post :

Facebook
Twitter
WhatsApp

अर्थ मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार सरुवा भई आएका सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ।

यसअनुसार हरिशरण पुडासैनीलाई भन्सार विभागको महानिर्देशकको जिम्मेवारी दिएको मन्त्रालयले रामप्रसाद आचार्यलाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाएको छ।

अर्थमा आएका सहसचिवहरुको जिम्मेवारी तोकिनुका साथै केही सहसचिवको जिम्मेवारी हेरफेर गरिएको हो।

रमेश अर्याललाई ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक, पार्वती शर्मालाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासक, दीपक लामिछानेलाई विरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक, कविता रेग्मीलाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक, गोपीकृष्ण कोइरालालाई आन्तरिक राजस्व विभाग उपमहानिर्देशक जिम्मेवारी तोकिएको छ।

मन्त्रालयले यमुना प्रधानलाई भन्सार विभागको उपमहानिर्देशक, जनकराज शर्मालाई भन्सार विभागको उपमहानिर्देशक, डिल्लीराम पन्थीलाई महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रकको जिम्मेवारी दिएको छ।

उत्तरकुमार खत्रीलाई अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखा, मदन दाहाललाई अर्थमन्त्रालय प्रशासन महाशाखा, थानप्रसाद पंगेनीलाई अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखा, महेश भट्टराईलाई अर्थ मन्त्रालय योजना अनुगमन तथा मूल्यांकन महाशाखा र अमृत लम्साललाई अर्थ मन्त्रालय अन्तर्गतको जिम्मेवारी तोकिएको छ ।

यसअघि अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी धनीराम शर्मा र बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी श्रीकृष्ण नेपाललाई तोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *