पोखराका पर्यटन व्यवसायीले पोखराबाट अन्र्तराष्ट्रिय उडान हुनेमा आशावादी रहेको बताएका छन् । पोखरा पर्यटन परिषदले आइतबार गरेको पत्रकार सम्मेलनमा व्यवसायीले उक्त कुरा बताएका हुन् ।
पोखराबाट हुने उडानमा भ्याट तिर्नुनपर्ने र हालै सरकारले पोखराबाट उडान गर्ने हवाई कम्पनीलाई प्रति किलोलिटर १ सय डलर अनुदान दिने घोषणा गरेपछि पोखराबाट सिधै अन्र्तराष्ट्रिय उडान हुने सम्भावना बढेको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।
उनले सहुलियत पाउनासाथ अन्र्तराष्ट्रिय उडान गर्न धेरै हवाई कम्पनी ईच्छुक रहेको बताएका छन् ।
पोखराबाट चाँडै पोखरा–मानसरोवर, पोखरा–भद्रपुरलगायतका ठाउँमा उडान हुने अध्यक्ष श्रेष्ठले बताए । ‘त्यसका लागि छलफल चलिरहेको छ सम्भवतः चाँडै निर्णय हुनेछ’ उनले भने । पोखराबाट सस्तो उडान हुन्छ भनेर प्रचार गर्न सके पोखरामा यथेष्ट पर्यटक ल्याउन सकिने उनको भनाई छ ।
नेपालमा उडान गरिरहेका विभिन्न अन्तर्राष्ट्रिय हवाई कम्पनीसँग सम्पर्कमा रहेको बताउदै उनले ती कम्पनी पोखरामा उडान गर्न इच्छुक रहेको दावी गरे ।