लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज बसेकाे प्रदेश सभा बैठकमा विश्वासकाे मत मागेका छन् ।
लुम्बिनी प्रदेश सभाकाे चाैथाे अधिवेशनकाे २५ ओैँ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासकाे मत मागेका हुन ।
साउन ७ गते आचार्य मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।उनलाई एमालेका २९ र कांग्रेसका २७ गरि ५६ प्रदेश सभा सदस्यकाे समर्थन छ ।
मुख्यमन्त्री आचार्यले प्रतिपक्षमा रहेका दलसंग पनि विश्वासकाे मत मागेका छन । प्रदेशकाे समृद्धिकाे आकांक्षालाई मुर्तरुप दिन सबै दल एक ठाउँमा आउनुपर्ने बताउदै उनले सबैले विश्वास मत दिनुपर्ने धारणा राखेका हुन ।
Post Views: 20