६ लाख बराबरको तामाको तार चोरी आराेपमा तीन पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

तामाकाे तार चाेरी आराेपमा कास्की प्रहरीले तीन जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा पोखरा-१४ मझेरीपाटन बस्ने २९  वर्षिय सुजन परियार, ३७ वर्षिय विकास खवास र २६ वर्षिय निशान दर्जी रहेका छन् ।
उनीहरूलाई जिल्ला अदालत कास्कीमा चोरी तथा डाँका सम्बन्धी मुद्दा दर्ता गरि आज ५ दिनकाे म्याद थप गरिएकाे जिल्ला प्रहरी प्रमुख माेहन थापाले बताए ।
पाेखरा-१४ मझेरीपाटन गाेर्खा भिलेजस्थित सिभिल हाईड्रोपावर स्टोर्सको कम्पाउण्डमा स्टोर गरी राखेको ३३ केभी ट्रान्समिसन लाईनमा प्रयोग हुने अन्डरग्राउण्ड पावर केवलको लागि आवश्यक पर्ने तामाको तार, आल्मोनियम अन्डरग्राउण्ड पावर केवल र जेनेरेटरको पार्टपुर्जा गरी अन्दाजी ६ लाख बराबरको सामान चोरी गरेकाे प्रहरीले जनाएकाे छ ।
उनीहरूलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले बुधबार राती पक्राउ गरेकाे हाे । चाउथेस्थित तारको बाहिरी कबर फाली तामाको तार मात्र बोरामा राख्न लागेको अवस्थामा अन्दाजी ९६ केजी तामाको तार र ७ केजी तामाको टुक्रा झोलामा हालिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *