विमा रकम दावी गर्नकाे लागि आफ्नै पसलमा आगाे लगाउने दुई जना पुर्पक्षका लागि शुक्रबार कारागार चलान भएका छन् । गत साउन १६ गते पाेखरा-६ नारेश्वरस्थित डा थानेश्वर पहारीकाे घरमा संचालन मुक्तिनाथ सपिङ सेन्टरका संचालक स्याङ्जाकाे आधिखोला गाउँपालिका-६ घर भई हाल पोखरा-१७ ड्यामसाईड बस्ने ३६ वर्षिय सुजन गहतराज र स्याङ्जाको पुतलीबजार नगरपालिका-७ घर भई हाल पाेखरा-१७ बस्ने ४३ वर्षिय पवन नेपाल जेल चलान भएकाे जिल्ला प्रहरी प्रमुख माेहन थापाले बताए ।
बिमाको रकम दाबी गर्नको लागि आफ्नै पसलमा आगो लगाएको घटनामा संलग्न गहतराज र नेपाललाई आपराधिक उपद्रव शिर्षकमा जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरिएकाे थियाे । अदालतले उनीहरूलाई शुक्रबार पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएकाे हाे ।
Post Views: 33