कास्की प्रहरीले काठमाडौं आएर लियो लामिछानेसँग बयान

Share this post :

Facebook
Twitter
WhatsApp

पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की प्रहरीले काठमाडौं आएर बयान लिएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी गरेको आरोप लागेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसँग प्रहरीले बयान लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्तकुमार शर्माको नेतृत्वमा काठमाडौं आएको अनुसन्धान टोलीले भदौ ८ मा रास्वपा सहमहामन्त्रीसमेत रहेका विपिनकुमार आचार्य, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश र पूर्वडीआईजी छविलाल जोशीसँग तथा भदौ १० मा लामिछानेलाई प्रहरी कार्यालयमा बोलाएर ठाडो बयान लिएको हो ।

‘गोर्खा मिडिया नेटवर्कमा आएको रकमबारे आफूलाई जानकारी नरहेको र आर्थिक कारोबारमा संलग्न नरहेको भन्दै लामिछानेले बयानमा लामिछानेले सडक, संसद् र संसदीय समितिमा भनेकै विषय प्रहरीसँग दोहोयाएका छन् ।

पोखराको सूर्यदर्शन सहकारीमा करिब १८ हजार सात सय सर्वसाधारणको बचत हिनामिना भएको छ । पीडितले गत माघमा रास्वपा सभापतिसमेत रहेका लामिछाने, पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश पुनसहितको नामै किटान गरेर जाहेरी दिएका थिए । प्रारम्भिक अनुसन्धानमा गितेन्द्रबाबु (जीबी) राई अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक रहेकै बखत सूर्यदर्शन सहकारीबाट मात्रै गोर्खा मिडिया नेटवर्कमा ५ करोड ५८ लाख ९ हजार २ सय ७३ रुपैयाँ ६ पैसा आएको तथ्य प्रहरीले फेला पारेको छ ।

काठमाडौं आउनुअघि एक महिनाअघि नै कास्की प्रहरीले अनुसन्धानमा सहजीकरणका लागि काठमाडौं परिसरलाई पत्र पठाएको थियो । कास्कीबाट साउन २ मा नै पत्र पठाएको देखिन्छ । एक महिनासम्म काठमाडौं प्रहरीबाट कुनै प्रतिक्रिया गएको देखिँदैन । कुनै जवाफ नपाएपछि कास्कीको टोली भदौ पहिलो साता काठमाडौं आएको हो प्रहरी स्रोतले जनाएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसहित सहकारीका पूर्व र वर्तमान सञ्चालक तथा कर्मचारी गरी १९ जनालाई प्रतिवादी बनाएर प्रहरीले १ अर्ब ११ करोड रुपैयाँ बिगो मागदाबीसहित २०८० असोज १८ मा कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । सहकारीपीडितले गत माघमा पूरक जाहेरी दिएका थिए । पुरन अनुसन्धान भइरहेको कास्की प्रहरी प्रमुख मोहान थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *