आँधीखोला गाउँपालिकामा तीज प्रतियोगिता

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको आँधीखोला गाउँपालिकाले हरितालिका तीजको अवसरमा ‘तीज गीत प्रतियोगिता’ सम्पन्न गरेको छ । पालिका भवन प्राङगणमा नै आयोजना गरिएको प्रतियोगितामा पालिकाभित्रका विभिन्न आमा समूहको सहभागीता थियो ।

२५ टीमले प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका उपसभामुख वीनाकुमारी थापाले पछिल्लोसमय आउने तीज गीत भन्दा पुराना तीज गीतमा नै मौलिकता रहेको बताइन् । उनले पुराना गीतमा दुःखसुख समेटिएको हुने, घर माइतीको खबर आदानप्रदान हुने हुँदा चेलीको यर्थाथता झल्किने गरेको बताइन् । उनले पुराना गीत गाउँदै सहभागीले झमझमी नचाएकी थिईन् ।

विशिष्ट अतिथिकोरुपमा सहभागी भएका पालिकाका संस्थापक अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य सुधिरकुमार पौडेलले यस्ता प्रतियोगिता कार्यक्रमले महिलालाई अगाडि बढाउन मद्दत पुग्ने बताए । विगतका वर्षमा भन्दा पछिल्लो वर्षका कार्यक्रममा महिला निर्धक्क भएर कार्यक्रममा सहभागी हुने गरेको बताए ।

पालिका अध्यक्ष विश्व पौडेलले तीज गीत प्रतियोगिता गाउँका महिलाको लागि अवसर रहेको बताए । प्रतियोगितामा उत्साहितपूर्व सहभागीता रहेको उनले बताए । कार्यक्रममा राष्ट्रिय कलाकार प्रजापति पराजुली, कमला गैह्रे लगायतको पनि सहभागीता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *