अनेरास्ववियु (क्रान्तिकारी) गण्डकीको अध्यक्षमा वर्षमान प्यानलका त्रिदिप विजयी

Share this post :

Facebook
Twitter
WhatsApp

नेकपा माओवादी केन्द्र निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियु (क्रान्तिकारी)को गण्डकी प्रदेश अध्यक्षमा पर्वतका त्रिदिप गुरुङ विजयी भएका छन् । सोमबार साँझ भएको मतदानमा त्रिदिपको पक्षमा १३७ मत प्राप्त भएको थियो । उनका प्रतिद्धन्दी गोरखाका रामकृष्ण भट्टले ७१ मत प्राप्त गरेका छन् ।

आइतबार सुरु भएको गण्डकी प्रदेशकाे दाेस्राे अधिवेशन सोमबारसम्म चलेको थियो । महिला र समावेशी उपाध्यक्ष र सचिव साथै कोषाध्यक्ष पदमा सर्वसम्मत भए पनि अन्य पदमा भने मतदान गरिएको हो । मतदानमा वर्षमान पुन र जर्नादन शर्मा प्यान गरी उम्मेदवारी दर्ता गरिएको थियो । त्रिदिप वर्षमान प्यानलबाट अध्यक्ष लडेका थिए भने रामकृष्ण जर्नादन प्यानलबाट अध्यक्षको उम्मेदवार थिए ।

पार्टी पंक्तिले वर्षमान प्यानलाई सघाउन विद्यार्थीलाई निर्देशन दिएको थियो । मतदानमा सहभागी विद्यार्थीका अनुसार म्याग्दी जिल्लाको पार्टीले विद्यार्थीलाई वर्षमान प्यानलमा मतदान गर्न ह्रवीप नै जारी गरेको थियो । मतदानस्थलमा सहभागी पार्टीका प्रदेश तथा जिल्लास्तरीय नेताले पनि वर्षमान प्यानलाई मतदान गर्न निर्देशन दिएका थिए । ‘पार्टीको लाइन नै वर्षमान लाइन हो’ विद्यार्थी एक नेताले भने, ‘वर्षमान प्यानलाई भोट दिनु भनेको प्रचण्ड लाइन हो भनेर बुझिन्छ ।’ उनले जर्नादन लाइन भनेको अराजकताको लाइन अथात् पार्टी विरोधी लाइन भनेर टिप्पणी गरे । जिल्लास्तरीय निर्वाचनमा पनि दुई समूह बनेर छुट्टाछुट्टै समिति घोषणा गरिएको थियो ।

यसैगरी, उपाध्यक्षमा खुल्लातर्फ बसन्त भट्टचन, सरोज बल्लभ भट्टराई र अशोक मरहट्टा निर्वाचित भएका छन् । समावेशी उपाध्यक्षमा कुलबहादुर बुढा र महिलातर्फ सीता बराल निर्विरोध निर्वाचित भएका हुन् । प्रमुख सचिवमा १३२ मत ल्याएर सुजन बास्तोला विजयी भएका छन् । सचिवमा खुल्लातर्फ प्रदिप ढकाल, विशद उपाध्याय, सन्दिप महतो रहेका छन् भने, समावेशीमा दुर्गा विक र महिलातर्फ जुना गुरुङ निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, कोषाध्यक्षमा अनिल सुनार पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । २०७ जनाले मतदान गरेका थिए भने दुई भोट बदर भएको निर्वाचिन अधिकृत निर्मला ज्वालाले जानकारी दिइन् । प्रदेशको ७५ जनाको कार्यसमिति रहन्छ भने, १३ जना पदाधिकारी रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *