बैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीको आयोजनामा भएको फेलोसिप फुटसल प्रतियोगितामा पोखरा थन्र्डस प्रथम भएको छ । १० टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनलमा पोखरा थन्डर्सले एसबि गाइजलाई १–० गोल अन्तरले पराजित गरि उपाधी जितेको हो ।
यसैगरी महिला फुटसलको उपाधी विनर गल्र्सले जितेको छ । उसले एन्ग्री बर्डस् लाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित गरेको हो । प्रतियोगिता अन्र्तगत भेट्रान्स फुटसल अन्नपूर्ण भेट्रान्सले जितेको कार्यक्रमका सहसंयोजक सन्तोष पोखरेलले जानकारी दिए ।
खुल्ला पुरुष फुटसल तर्फको बिजेता पोखरा थन्र्डसले ट्रफी, मेडल, प्रमाणपत्र तथा खसी पुरस्कार पाएको छ । यस्तै उपविजेता एसबि गाइजले ट्रफी, मेडल, प्रमाणपत्र तथा बोका पुरस्कार पाएका छन् । महिला फुटसल तर्फका विजेता तथा उपविजेता टोलीले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा विरेन्द्र रोकाहा उत्कृष्ट खेलाडी तथा सन्तोष पोखरेल उत्कृष्ट गोलरक्षक घोषित भए ।
बैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीका अध्यक्ष सुजन श्रेष्ठले शाखाका कर्मचारी र सञ्चालक विचको सम्बन्धलाई प्रगाढ बनाउन मैत्रीपूर्ण फुटसलको आयोजना गरिएको बताए ।
प्रथम पुरस्कारको सौजन्य युरो एशिया एचआरका सञ्चालक नारायण पोखरेल, द्धितिय पुरस्कारको सौजन्य स्विफ्ट एचआरका सञ्चालक गोविन्द रेग्मी, भेट्रान्स तर्फको ट्रफि, मेडलको सौजन्य अल्माइटी इन्टरनेशनलका सञ्चालक निरज खनाल तथा अन्य ट्रफी, मेडलका सौजन्य एम आइटी ग्लोबलका दिनेश मगरले गरेका थिए ।