सीटीईभीटीले नेपालमै पहिलोपटक पोखरामा व्युटी तथा कस्मेटोलोजी कार्यक्रम संचालन गर्ने भएको छ । तीन वर्षे डिप्लोमा उक्त कार्यक्रम संचालन हुने भएको हो । सोही विषयमा आउँदो शनिवार सिटिइभिटी, सौन्दर्यकर्मी तथा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिदै छ ।
गण्डकी टेक्निकल ईन्स्टिच्युट पोखराले गुरुङ ब्युटी एकेडेमी तथा सीटीईभीटीको सहकार्यमा उक्त कार्यक्रममा आयोजना गर्न लागेको हो । उक्त कार्यक्रममा सिटिभिटीका निर्देशक टैलेन्द्र आचार्य, सिटिइभिटी क्षेत्रीय निर्देशक कल्पकुमार बस्नेत, सौन्दर्यकर्मी चिनु गुरुङ, पबित्रा घिमिरे, विभिन्न संघ सस्थाका प्रतिनिधि तथा पोखराका विभिन्न सौन्दर्यकर्मी, सन्चारकर्मी तथा सरोकारवालाको उपस्थितीमा कार्यक्रम संचालन हुनेछ ।
‘यो कार्यक्रम नेपालमा पहिलोपटक संचालन हुन लागेको हुँदा नौलो लाग्न सक्छ’ संस्थाका अध्यक्ष धुव्र शर्माले भने, ‘त्यसैले पनि यसबारे जानकारी दिन सम्बन्धित निकायहरूकै उपस्थितिमा जानकारी गराउन लागेका छौ । यो बिषयको महत्त्व बुझ्नेहरु यहि कोर्स गर्नको लागि लाखौं खर्चेर इन्डिया, थाइल्यान्ड, अस्टे्रलिया, दुबै, अमेरीका, बेलायत जानुपर्ने बाध्यता थियो अब त्यस्को अन्त्य भएको छ ।’
अब नेपालमै १२ कक्षा सरहको ३ बर्षे डिप्लोमा कोर्स अध्ययन गर्नुपर्ने हुन्छ । अध्ययन सकेपछि नेपालममै स्वरोजगार बन्ने अवसर मिल्ने उनले बताए । विकसित मुलकमा यस्को डिमान्ड उच्च रहेको र सेवा सुबिधाको हिसाबले पनि राम्रो रहेको उनले बताए । विदेशमा उच्च शिक्षा तथा रोजगारीको लागि जान चाहने नेपालीको लागी एकदमै राम्रो विषय भएकाले पनि अन्र्तकृया कार्यक्रमा सहभागी हुन उनले अनुरोध गरे । सहभागीलार्य निस्शुल्क प्रवेशको ब्यबस्था गरिएको छ । उक्त दिन भर्ना हुने विद्यार्थीलाई विशेष छुटको पनि व्यवस्था गरिएको अध्यक्ष शर्माले बताए । कार्यक्रममा मिडिया पार्टनरकोरुपमा प्रतिपत्र अनलाइन रहेको छ ।