पोखराका ८ पसलमा अनुगमन

Share this post :

Facebook
Twitter
WhatsApp

नजिकिदै गरेको विजया दशमीलाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले दैनिक उपभोगीय वस्तुको अनुगमन गरेको छ । शुक्रबार मात्रै महानगरले ८ वटा पसलमा अनुगमन गरेको हो ।

महानगर उपभोक्ताहित संरक्षण समितिका संयोजक एवंम पोखरा महानगरका उपमेयर मन्जुदेवी गुरुङको नेतृत्वमा पोखराका विभिन्न ८ पसल अनुगमन गरिएको छ । पोखरा–२ मा रहेका भवानी पुजा सामग्री, महालक्ष्मी पुजा सामग्री भण्डार, सेलवेज क्यास एण्ड क्यारी प्रालि, एसएए स्टोर्स, गौचन स्टोर्स, ओझा किराना पसल, वडा नम्बर ३ मा रहेको साथी सपिङ सेन्टर र पोखरा–८ मा रहेको सहारा ट्रेडिङमा अनुुगमन गरिएको गुरुङले जानकारी दिइन् ।

अनुुगमनका क्रममा म्याद गुु्ज्रेका खाद्य सामग्री, सरकारले प्रविन्ध गरेको प्लाष्टिकको माला तथा फुुलका गुुच्छा जफत गरि ११ हजार १ सय ७९ रुपैयाँ बराबरको सामग्री नष्ट गरिएको छ । भवानी पुजा सामग्रीमा प्रतिबन्धित प्लाष्टिकका माला र फुलका गुुच्छा नष्ट गरिएको छ भने प्याकेजिङ अनुमतिपत्र नलिई प्याकेजिङ गरेर विक्री वितरण गरेको, व्यावसाय नविकरण नगरेको र थप कारबाहीका लागि कार्यालयमा उपस्थित हुन निर्देशन दिइको छ । महालक्ष्मी पुजा सामाग्रीमा १५ सय बराबरको प्लाष्टिकका माला नष्ट गरिएको छ । उक्त पसलमा मुल्यसुचि नभएको व्यावसाय दर्ता, नापतौलको दर्ता नभएको, लेवल नभएका सामाग्री विक्रीवितरण गरेको पाइएको छ ।

त्यस्तै एसएस स्टोर्समा अनुगमनका क्रममा १५ सय मुल्य बराबरको म्याद गुुज्रेको आइसक्रिम नष्ट गरिएको थियो भने प्याकेजिङ, ब्राण्डिङको इजाजत नलिएको, लेवल नखुलेको सामान विक्रीविरतण गरेको, ब्यावसाय दर्ता नभएको पाइएकाले पोखरा महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ ।

साथी सपिङ सेन्टरमा म्याद गुज्रेका तेल, मकैको मिठो, दाल चिनिको चुलो, मसला गरी ४ हजार १ सय ३९ रुपैयाँ बराबरको सामाग्री नष्ट गएिको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए । यता ओझा किराना पसलबाट बदाम, चोकोज, कुरकुरे जिरा, पानीपुरी आदि गरेर १ हजार २ सय ३० रुपैयाँ मुल्य बराबरको सामग्री नष्ट गरिएको छ । अनुुगमनका क्रममा गौचन स्टोर्सबाट १७० रुपैयाँ मुल्य बराबरको म्याद गुज्रेको दुुई पोका सफल दहि नष्ट गरिएको छ ।
पोखरा २ मा रहेको सेलवेज क्यास एण्ड क्यारी प्रालिमा म्याद गुज्रेको २ सय ग्रामको पनिर र फूलको खाने तेल एक लिटर गरी ६ सय ४० रुपैयाँ मुल्य बराबरको सामग्री नष्ट गरिएको छ ।

अनुगमनमा जिल्ला प्रशासन, गुणस्तर तथा नापतौल, खाद्य प्रविधि तथा गुण नियन्त्रण, महानगरस्तीय राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधिको सहभागीता थियो । अनुुगमन गरिएका पसल संचालकलाई असोज २१ भित्र महानगरमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । चाडपर्वमा धेरै सामाग्रीको खपत हुने भएकाले मुल्यबृद्धि गर्ने र म्याद गुज्रेका सामग्री बिक्रीवितरण हुने भएकाले अनुुगमन गरिएको गुरुङ बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *