पोखरामा टिप्परले बसलाई ठक्कर दिदा ३ जना घाइते

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरपालिका–२५ बडहरेस्थित टिप्परले बसलाई ठक्कर दिदा तीन जना घाइते भएका छन् । विहीवार विहान सभा ८ बजेको समयमा पोखराबाट म्याग्दीतर्फ जादै गरेको ग १ ख ७००२ नम्बरको बसले यात्रु चढाउने क्रममा सोही दिशातर्फबाट आउदै गरेको ग १ ख ९१४२ नम्बरको टिप्परले बसलाई ठक्कर दिएको थियो ।

बस चढ्ने क्रममा म्याग्दीको धौलागिरी गाउँपालिका–५ का ८४ वर्षिय हर्कलाल छन्त्याल, टिप्पर चालक सिन्धुपालचोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भएका ३१ वर्षिय मनोज कुटवाल र टिप्परमा सवार नुवाकोट घर भएका २८ वर्षिय बुद्ध घले घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उपचारको लागि घाइते छन्त्याललाई फिस्टेल अस्पताल लगिएको छ । उनलाई टाउकोमा चोट लागेको छ भने अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । यसैगरी घाइते कटुवाल र घलेलाई मणिपाल शिक्षण अस्पताल लगिएको छ । दुवै जनाको हात र खुट्टामा चोट लागेको छ भने, स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *