पूर्वगृहमन्त्री लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

Share this post :

Facebook
Twitter
WhatsApp

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । प्रहरीले म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराउन लागेको हो । प्रहरीका अनुसार उनलाई ३ देखि ५ दिनसम्मको म्याद थप गर्ने तयारी छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले पूरक मुद्दाका लागि अनुसन्धान अगाडि बढाएको बताए । पुरक मुद्वा अनुसन्धान गरेकाे प्रहरीले यसअघि पक्राउ परेका छविलाल जोशीसँगै जोडेर लैजाने तयारी गरेकाे छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको थियो । उनलाई स्थलमार्ग हुँदै शनिबार बिहान पौन ३ बजे पोखरा ल्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *