राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका केन्द्रीय नेता एवं कार्यकर्ताले शनिबार पोखरामा विरोध प्रदर्शन गरेका छन् । सहकारी ठगी, संगठित अपराध एवं किर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपा नेता एवं कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।

विरोधसभालाई सम्बोधनका क्रमम रास्वपा नेताले षड्यन्त्रपूर्वक लामिछानेलाई फसाइएको भन्दै सरकारको आलोचना गरेका थिए । प्रदर्शनकारीले कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसद ऋषिकेश पोखरेल पनि सहकारी ठगीमा संलग्न रहेकाले कारबाही गर्नुपर्ने माग गरेका थिए ।

Post Views: 32