पूर्वआर्मीकाे घरमा सकेट बम विष्फोट,   एक घाइते

Share this post :

Facebook
Twitter
WhatsApp

घरको सामान ओसारपोसार गर्ने क्रममा सकेट बम पड्किदा नेपाल आर्मीका पूर्व कर्मचारी गोविन्द पुरी घाइते भएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका–४ पुरी गाउँका ४५ वर्षिय पुरीको आँखा, खुट्टा लगायत शरीरको विभिन्न भागमा बमको छर्रा लागेको छ । बमको छर्राबाट घाइते भएका पुरीको लुम्बिनी मेडिकल कलेज प्रभास (पाल्पा)मा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी हरिप्रसाद पौडेलले जानकारी दिए ।

पुरी दुई वर्षअघि आर्मीबाट अवकास भएका हुन् । डीएसपी पौडेलका अनुसार घटना दिउँसो ३ बजेतिरको हो । पुरी स्वंमले प्रहरीलाई साँझ ५ बजे फोन गरेर जानकारी दिएका थिए । डीएसपी पौडेलका अनुसार पुरीको घर (घटनास्थल) नेपाल प्रहरीले घेराबन्दी गरेर राखेको छ । ‘आइतबार नेपाल आर्मीको टोलीसहित जिल्लाबाट प्रहरीको टोली विहान ७ बजे जानेछ र घटनास्थल चेकजाँच गर्नेछ’ उनले भने, ‘आज (शनिवार) ढिला खबर आएकाले राती भयो घटनास्थल चेकजाँच गर्न पाएनौ ।’

पुरानो सामान फाल्नको लागि एउटा तलाबाट अर्को तलामा सार्ने क्रममा सकेट बम पड्किएको प्रहरीले बताएको छ । बम पड्किदा फलामका टुक्रा छरिएका छन् । ‘छरिएका फलामका टुक्रा, घाइतेको अवस्था, घटनास्थल सवै हेर्दा सकेट बम रहेको आशंका गरेका छौ । डिटेलमा थप अनुसन्धानबाट नै खुल्छ ।’ पुरीको परिवारलाई शनिवार राती गाउँमा लगेर राखिएको प्रहरीले जनाएको छ । पूर्वआर्मीको घरमा बम कसरी आयो भन्नेसमेत नखुलीसकेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *