जवरजस्ती करणीको आरोपमा स्याङ्जामा एक जना पक्राउ

जवरजस्ती करणी गरेको आरोपमा स्याङ्जा प्रहरीले अर्जुनचौपारी गाउँपालिका–२ का सूर्य परियारलाई पक्राउ गरेको छ । गत वैशाखमा १४ वर्षिया बालिका बलात्कार गरेको आरोपमा पीडितकी आमाले बुधबार जिल्ला प्रहरी कार्यालय स्याङ्जामा उजुरी दिएकी थिइन् ।
गाउँमा नै जीप चलाउदै आएका सवारी चालक परियारलाई सोही दिन पक्राउ गरी विहीवार प्रहरीले जिल्ला अदालत स्याङ्जामा जवरजस्ती करणी शिर्षकमा मुद्धा दर्ता गरी १० दिनको म्याद थप गरेको सूचना अधिकारी एवं प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *